घोषणापत्र भोलि सार्वजनिक गर्ने
एकीकृत समाजवादीको पालो नेकपा (एकीकृत समाजवादी) ले सोमवार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा भोलि दिउँसो ३ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।
‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार,आर्थिक सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’ । भन्ने नारा सहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक हुने भएको हो ।

टिप्पणीहरू