तीन वटा पार्टीको घोषणापत्र भोलि एकै दिन
सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एकै दिन चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको घोषणापत्र दुवै दलले भोलि दिउँसो ३ र १ बजे छुट्टाछुट्टै सार्वजनिक गर्न लागेका हुन् ।
माओवादीले पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच आफ्नो घोषणापत्र सार्वजनिक गर्ने बताएको छ । समाजवादीले पनि बानेश्वरस्थित पार्टी कार्यालयबाट आफ्नो घोषणापत्र जारी गर्ने तयारी थालेको छ ।
निर्वाचन नजिकिएसँगै दलहरुले आ-आफ्ना चुनावी प्रतिवद्धता जारी गर्दै आममतदातालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । हिजोमात्र नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।
यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि भोलि नै घोषणापत्र जारी गर्ने तयारी छ । जसपा र राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अहिलेसम्म घोषणापत्र सार्वजनिक गरिसकेको छैन ।
टिप्पणीहरू