सूर्यलाई अर्घ दिन प्रधानमन्त्रीको जम्मा पाँच मीनेट
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पूजा गर्नुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलस्थित युएनपार्कमा आयोजित छठ पूजामा उहाँ एक छिनअगाडि सहभागी हुनुभएको हो ।
छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने क्रममा पाँच मीनेट पनि धैर्यका साथ उहाँ सो स्थानमा बस्नुभएन । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुनेछ ।
टिप्पणीहरू