कतारको नीति : काम छउञ्जेल भाँडो, सकिएपछि ठाँडो
कतारका सरकारी अधिकारीहरुले राजधानी दोहाको मध्य भागमा रहेका हजारौं आप्रवासी कामदारलाई हटाउन थालेको छ । उनीहरुलाई बिदामा बस्न दबाव दिइएको बताइएको छ ।
विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि बनाइएका रंगशालाको निर्माण ती आप्रवासी संलग्न थिए । अब प्रतियोगिताको समय नजिकिँदै गएको र लाखौँ विदेशी पाहुनालाई स्वागत तरखरमा कतारले गरेको उक्त आदेशलाई गलत भनिएको छ ।
आगामी नोभेम्बर २० देखि सुरु हुने प्रतियोगिताको लागि आप्रवासी कामदार हटाउन गत साता स्थानीय नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीले विभिन्न १२ वटा भवनमा रहेका विदेशी कामदारलाई खोजी खोजी निकालेको एएफपीले बताएको छ ।
कतारी अधिकारीहरुले ती भवन ‘बस्न अयोग्य’ भन्दै विकल्प खोज्न बताउँदै आएको छ । ती भवनमा बस्दै कतारका भौतिक संरचना निर्माणमा संलग्न सयौं कामदारलाई रातको समयमा निकालिएको हो ।
कतारकोे २८ लाख जनसंख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स र अफ्रिकी मुलुकहरु केन्या, युगान्डालगायतका छन् । तीमध्ये अधिकांश अस्थायी वासिन्दा हुन् ।
जबरजस्ती बिदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको गुनासो गरेपछि विश्वकप अगाडि कतारको चर्को आलोचना भएको हो । कतारले भने कामदारको तलब र भत्ता दिइएको दाबी गरेको छ ।
टिप्पणीहरू