१ नम्बर प्रदेशमा आज पनि कार्यालय बन्द
१ नम्बर प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको दोस्रो दिन आज प्रदेशभर बिदा दिइएको हो ।
संघीय सरकारले छठको उपलक्ष्यमा हिजो मुलुकभर सार्वजनिक बिदा दिएको थियो । मधेश सरकारले आज प्रदेशभर थप १ दिन सार्वजनिक बिदा दिएको जनाइएको छ ।
गत सोमबारदेखि तिहारको उपलक्ष्यमा देशको सरकारी काम काज ठप्प थियो । अन्य प्रदेशमा भने आजदेखि सरकारी कार्यालय खुलेको छ । मधेश र प्रदेश नम्बर १ मा मात्रै भोलि मात्र कार्यालय खुल्ने भएको हो ।

टिप्पणीहरू