म्यानपावरमा विभागले हान्यो छापा, कागजातको मुठै कब्जा
कामदार मागपत्र प्रमाणीकरणबिना वैदेशिक रोजगारीमा पठाउने भन्दै अन्तरवार्ता लिने म्यानपावरविरुध्द वैदेशिक रोजगार विभागले कारबाही थालेको छ ।
मास्टर जब प्रालिले मागपत्र प्रमाणीकरणबिना वैदेशिक रोजगारीमा पठाउने भन्दै ठूलो संख्यामा कामदार छनौटका लागि अन्तरवार्ता र ट्रायल लिइरहेको उजुरीको आधारमा विभागले अनुसन्धान अघि बढाएको हो ।
टर्कीको प्रतिष्ठित कम्पनीमा हेभी ड्राइभर काममा पठाउने भनी कामदारको अन्तरवार्ता लिइरहेको सूचना प्राप्त भएपछि विभागको आकस्मिक टोली हिजो उक्त म्यानपावरमा पुगेको थियो ।
अनुगमन क्रममा म्यानपावरले पूर्वस्वीकृतिबिना ३० जनाभन्दा बढीको अन्तर्वार्ता लिइसकेको पाइएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
टोलीले सोसम्बन्धी सम्पूर्ण कागजात बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू