र्‍यालीमा सहभागी पाकिस्तानी महिला पत्रकारको मृत्यु

र्‍यालीमा सहभागी पाकिस्तानी महिला पत्रकारको मृत्यु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको र्‍यालीमा सहभागी एक महिला पत्रकारको मृत्यु भएको छ । कन्टेनरले किचिएर उनको ज्यान गएको जनाइएको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार मृत्यु हुनेमा च्यानल ५ की पत्रकार सदफ नइम हुन् । उक्त दुःखद् घटनापछि पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीको अध्यक्षसमेत रहेका खानले हिजोको आफ्नो र्याली स्थगित भएको घोषणा गरेका थिए ।

‘दुर्घटनाको कारण हामीले आजको र्याली रोकेका छौं,’ खानले भने । दुर्घटनालगत्तै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै खानले नइमका परिवारलाई २० हजार अमेरिकी डलर बराबरको नगद सहयोग गर्ने घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

३६ वर्षीया टेलिभिजन पत्रकार नइम र्‍यालीमा हिँड्दै गर्दा चिप्लिएर गुडिरहेको कन्टेनर मुनि पुगेको बताइन्छ ।

फोटो स्रोत : एएफपी

टिप्पणीहरू