यस्तो छ, माओवादीका १० बुँदे रणनीति
समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणालीको निर्माणमा जोड दिएको नेकपा माओवादी केन्द्रले पार्टीको रणनीति सार्वजनिक गरेको छ । माओवादीले १० बुँदामा समेटेर पार्टीको मूल रणनीति बनाएको बताइएको छ ।
आज सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्ने रणनीति छ । त्यस्तै, न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने र कृषि क्षेत्रको रूपान्तरण गर्ने तथा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने रणनीति माओवादीले बनाएको छ ।
हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने, मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने कुरालाई माओवादीले रणनीतिक विषय बनाएको छ ।
माओवादी केन्द्रको रणनीतिमा विकासलाई प्रकृतिमैत्री बनाउने, दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने उल्लेख छ ।
टिप्पणीहरू