राप्रपाका उम्मेदवारको समर्थनमा लिखित वाचाबन्धन
कञ्चनपुर क्षेत्र नम्बर ३ (क) का स्वतन्त्र उम्मेदवार महादेव भट्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार धर्मराज जोशीलाई निर्वाचनमा सहयोग गर्ने बताउँदै उनले आजैदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् ।
‘जीप’ चुनाव चिन्ह लिएका उनले प्रदेशको विकास र समुन्नतीका लागि राप्रपाका उम्मेदवार जोशीलाई योग्य ठान्दै आफ्नो स्वतन्त्र उम्मेदवारी स्थगित गरेको बताए ।
उक्त निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार जोशीको जीत अपरिहार्य देखिएको उनको ठहर छ । भट्टले चुनाव चिन्ह ‘हलो’ लाई समर्थन गर्ने निर्णय गरेको लिखित जानकारी दिएका छन् ।
जारी प्रेस विज्ञप्तिमा उनले जोशीको चुनावी प्रचारप्रसारमा आजैदेखि सरिक हुने वाचा पनि गरेका छन् ।
टिप्पणीहरू