स्याललाई दशा लागेर शहर पसेपछि
नरभक्षी स्याल सशस्त्र प्रहरी बलको एउटा बाहिनीमा पसेपछि मारिएको छ । त्यसअघि उसले बाहिनीमा तैनाथ दुई जना सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो ।
मधेस प्रदेश हेर्ने सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनी परिसर,बर्दिवासमा छिरेर आक्रमणमा उत्रिएको स्यालको इहलीला सकिएको छ । बाहिनीका जवान इन्द्रलाल चौधरी र सुमन राउतमाथि उसले आक्रमण गरेको थियो ।
आज बिहान ५ बजेतिर त्यही स्याललाई चौधरी र राउतले बेतको लाठी प्रहार गरेर मारिदिएका हुन् । स्यालले एक सातादेखि बर्दिबास, माइस्थान ४ इलाकाका पाँच जनामाथि गम्भीर आक्रमण गरेको थियो । ती सबै घाइते छन् ।
उनीहरुलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ । सशस्त्रको २९ नम्बर गणका निरज गोले र पप्पु ननिया सामान्य घाइते छन् । त्यसैगरी बर्दिबास ४ की विभा आलेमगर सिकिस्त भएकाले काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
अन्य घाइतेहरु तुलामाया राना र तेजबहादुर रानालाई पनि सोही अस्पतालमा भर्ना गरिएको बताइएको छ । मृत स्याललाई वन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।

टिप्पणीहरू