फेरि तात्यो पोखरा महानगरपालिका, अब ‘एक्सन’ मा जाने भनाइ

फेरि तात्यो पोखरा महानगरपालिका, अब ‘एक्सन’ मा जाने भनाइ

पोखरा महानगरपालिकाले आजदेखि नगरक्षेत्रका भवनमा रहेको भूमिगत पार्किङ खाली गराउने भएको छ । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरपालिका आफैंले आजदेखि भूमिगत पार्किङ खाली गराउन लागेको बताइएको छ ।

महानगरपालिकाले पुनः अर्को सूचना जारी गर्दै मापदण्डविपरीत प्रयोग भएका पार्किङ खाली गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

‘पोखरा महानगरपालिकाभित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनका लागि प्रयोग गर्न–गराउन सम्बन्धित घरधनी–व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटकपटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजनविपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगरपालिका आफैंले खाली गर्ने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

महानगरले गत भदौ १३ गते ३५ दिने सूचना जारी गर्दै प्रयोजनविपरीत प्रयोग भएका पार्किङ खाली गर्न निर्देशन दिएको थियो । तोकिएको अवधि सकिएपछि पनि केही व्यापारी र घरधनीले अटेर गरेपछि महानगरपालिका ‘एक्सन’ मा उत्रिएको हो ।

टिप्पणीहरू