मुसिकोटका प्रधानाध्यापकलाई निर्वाचन आयोगको २४ घण्टे पत्र

मुसिकोटका प्रधानाध्यापकलाई निर्वाचन आयोगको २४ घण्टे पत्र

निर्वाचन आयोगले महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आज आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

प्रधानाध्यापक भण्डारी नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको उल्लेख गर्दै आयोगले उनी चुनावी कार्यक्रममा समेत सहभागी हुने गरेको बताएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ७ को खण्ड (क) अनुसार कुनै पनि निकाय र अर्धसरकारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । आचारसंहिता विपरित प्रधानाध्यापक भण्डारीलाई चुनावी कार्यक्रममा उपस्थित भएकाले जिल्ला निर्वाचन कार्यालयमा पुगेर स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

टिप्पणीहरू