आजै अमेरिकी राजदूत जंगी अड्डामा
आज बिहानदेखि भेटघाटमा व्यस्त देखिनुभएका नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट गर्नुभएको छ । उहाँले कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि शिष्टाचार भेटवार्ता थाल्नु भएको हो ।
आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गर्नुभएका राजदूत लगत्तै अर्थ मन्त्रालय पुग्नुभयो । त्यहाँ अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेपछि दिउँसो भद्रकालीस्थित जंगी अड्डा पुग्नुभएको हो ।
भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
टिप्पणीहरू