घोषणापत्रमा एमाले अध्यक्षको ‘डिजिटल डिबेट’

घोषणापत्रमा एमाले अध्यक्षको ‘डिजिटल डिबेट’

नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सार्वजनिक गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रेकर्डेड ‘डिजिटल डिबेट’ प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेलगायतको उपस्थिति रहेको बताइन्छ ।

त्यसैगरी एमाले नेताहरु कृष्ण गोपाल श्रेष्ठ, लेखराज भट्ट, युवराज खतिवडा, विष्णु रिमाल, रघुजी पन्त, अमृत कुमार बोहोरा, पृथ्वी सुब्बा गुरूङलगायत युवा संघका अध्यक्ष किरण पौडेल, अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल एवम् पार्टी केन्द्रीय सदस्य पनि घोषणा कार्यक्रममा पुगेका छन् ।

चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरिएको हो । घोषणापत्रमा २० हजार शब्द रहेको बताइएको छ । कार्यक्रममा अध्यक्ष ओलीले छ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने ? अरुलाई किन नहाल्ने ? भनेर प्रस्ट्याउन खोजिएको छ ।

टिप्पणीहरू