बुर्का नलाएकी छात्रामाथि अफगानिस्तानमा निर्घात कुटपिट

बुर्का नलाएकी छात्रामाथि अफगानिस्तानमा निर्घात कुटपिट

अफगानिस्तानका एक जना तालिवान अधिकारीले बुर्का नलगाएको आरोपमा छात्रामाथि निर्घात कुटपिट गरेका छन् । स्थानीय विश्वविद्यालयमा प्रवेश नपाएपछि शैक्षिक अधिकारको माग गर्दै विरोध गरिरहेका महिला विद्यार्थीहरूलाई सरकारी अधिकारी र सुरक्षाकर्मीलेकुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

समाचारमा जनाइएअनुसार छात्रामाथि आक्रमण गर्ने सरकारी अधिकारी तालिवान सरकारका सद्गुण मन्त्रालयका उच्च तहका कर्मचारी हुन् । उक्त कुटपिट गत आइतबार उत्तरपूर्वी अफगानिस्तानमा रहेको बदख्सान विश्वविद्यालय बाहिर भएको हो ।

भिडियोमा एक तालिवान सरकारी अधिकारीले छात्राहरूलाई पछ्याइरहेको र तितरबितर गर्न बाध्य पारेको देखाइएको छ । दर्जनौं विद्यार्थीले विश्वविद्यालयको गेटमा बसेर प्रवेश अनुमति मागेको बखत उक्त घटना भएको बताइएको छ ।

टिप्पणीहरू