बलात्कारका घट्नामा दुई औँला परीक्षण गर्न सर्वोच्चद्वारा रोक
भारतको सर्वोच्च अदालतले बलात्कार र यौन दुर्व्यवहारका घटनाहरूमा ’दुई औंला परीक्षण’ को प्रयोगलाई निषेध गरेको छ । न्यायाधीश डीवाई चन्द्रचुड र न्यायमूर्ति हिमा कोहलीको संयुक्त इजलासले यस्तो प्रथा जारी रहनु ‘खेदजनक’ रहेको भन्दै रोक्न आदेश दिएको हो ।
‘अदालतले पटक पटक बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेका मुद्दाहरूमा दुई औंला परीक्षणको प्रयोगलाई अस्वीकार गरेको छ । तथाकथित परीक्षणको कुनै वैज्ञानिक आधार छैन ’, फैसलामा भनिएको छ ।
परीक्षणले महिलालाई पुनः पीडित र पुनः आघात गरेको भन्दै अदालतले अगाडि भनेको छ, ‘दुई औंला परीक्षण गर्न हुँदैन ।’
यौन सम्बन्धको समयमा सक्रिय महिलालाई बलात्कार गर्न सकिँदैन भन्ने गलत धारणामा यो परीक्षण आधारित छ । तर, अदालतले भने यसलाई परम्परागत ’पितृसत्तात्मक’ र ’लैंगिक’ भनेको छ ।
टिप्पणीहरू