बालुवाटारमा बसेको क्याबिनेट बैठक सकियो

बालुवाटारमा बसेको क्याबिनेट बैठक सकियो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको क्याबिनेट बैठक सकिएको छ । बिहान १० बजेर ४० मीनेटदेखि शुरु भएको बैठक केही बेरअघि सकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको उपस्थिति थियो ।

त्यसैगरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडलले पनि बैठकमा सहभागिता जनाउनुभएको थियो । मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा माइन्युटिङ्गको लागि हुनुहुन्थ्यो ।

टिप्पणीहरू