योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार रहेका योगेश भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित २५ जनाभन्दा बढीलाई घरदैलो कार्यक्रममा लिएको भन्दै आयोगले आज उनलाई स्पष्टीकरण सोधेको बताइएको छ ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजंघा गाउँपालिका– ३, सिकैचामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले बताएको छ ।

निर्वाचन आचारसंहिताअनुसार घरदैलो कार्यक्रम गर्दा उम्मेदवारले २५ जनाभन्दा बढी साथमा लिन नपाउने व्यवस्था गरिएको स्मरण गराउँदै आयोगले उनलाई जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

टिप्पणीहरू