ईश्वर पोखरेलको छुट्टै घोषणा–पत्र,अमेरिकी दूतावास नजिकै सार्वजनिक गरिने
एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले छुट्टै प्रतिबद्धता पत्र जारी गर्ने भएका छन् । पोखरेलले भोलि बिहान आफ्नै निर्वाचन क्षेत्रको एउटा पार्टी प्यालेसमा प्रतिबद्धता पढेर सुनाउने कार्यक्रम छ ।
‘काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेल,प्रदेश सभा सदस्य ५ (१) का नारायण सिलवाल र प्रदेश सभा सदस्य ५ (२) का उम्मेदवार दीपक निरौलाको प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने कार्यक्रम छ,’ पोखरेलको निर्वाचन परिचालन कमिटीले जानकारी गराएको छ ।
एमालेले हिजो दिउँसो राजदरबार नजिकैको पाँचतारे होटल याक एण्ड यतिबाट घोषणापत्र जारी गरेको थियो । उपाध्यक्ष पोखरेलले भने भोलि बिहान महाराजगञ्जस्थित अमेरिकी दूतावासको पर्खालसँगै जोडिएको रोयल दरबार बैंक्वेटबाट बिहान साढे ११ बजे प्रतिबद्धता पत्र घोषणा गर्न लागेका हुन् ।
टिप्पणीहरू