सिमरा लाँदालाँदै १५ लाखको बिटो बाटैमा समातियो
काठमाडौंबाट सिमरा लैजान खोजिएको १५ लाख रुपैयाँ काठमाडौं विमानस्थलमा समातिएको छ । दिउँसो ३ बजे यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ५३९ बाट सिमरा जान लागेका यात्रुको ब्यागेजबाट उक्त रकम फेला परेको हो ।
आन्तरिक टर्मिनलमा रहेका नेपाल प्रहरीले ब्यागेज चेकजाँच गर्ने क्रममा सन्दीप पटेलको ब्यागेजमा स्रोत नखुलेको १५ लाख रुपैयाँ फेला पारिएको हो ।
उक्त रकमसहित पटेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू