पर्यटनमन्त्री श्रेष्ठसङ्ग आफ्नै निर्वाचन क्षेत्रका मतदाताको दुखेसो

पर्यटनमन्त्री श्रेष्ठसङ्ग आफ्नै निर्वाचन क्षेत्रका मतदाताको दुखेसो

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका कारण उहाँको निर्वाचन क्षेत्रका सर्वसाधारणले चित्त दुखाएका छन् । आज बिहान स्वयम्भू नजिकै राखिएको नेपाल सम्बत्सम्बन्धी कार्यक्रममा प्रमुुख अतिथि रहनुभएका श्रेष्ठ ढिलोसम्म पनि नपुगेपछि उनीहरु खिन्न भएका हुन् ।

काठमाडौं महानगरपालिका १५ स्थित लखतीर्थ डल्लुमा न्हूदँ राष्ट्रिय समारोह समितिले नयाँ वर्ष ११४३ को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको थियो । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा शंखधर दिवस मनाउन कार्यक्रम राखिएको र मन्त्री श्रेष्ठ प्रमुख अतिथि रहने विषय टुंगो लागे पनि उहाँ अनुपस्थित भएपछि आयोजक समितिका केही सदस्य निराश भएको बताइन्छ ।

मन्त्रीको सचिवालयले भने कार्यव्यस्तताको कारण अनुपस्थित हुनुभएको जनाएको छ । उक्त कार्यक्रम समिति अध्यक्ष नरेशमान बज्राचार्यको सभापतित्वमा भइरहेको छ ।

टिप्पणीहरू