मतपत्र बोकेर सेनाको हेलिकप्टर घनन

मतपत्र बोकेर सेनाको हेलिकप्टर घनन

जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र पुर्याइएको छ । त्यहाँका लागि निर्वाचन आयोगले सुर्खेतबाट हेलिकोप्टरमा मतपत्र ओसार्न थालेको हो ।

सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार हिजो दुई पटक मतपत्र पुर्याइएको छ । कर्णाली राजमार्गमा ठूला सवारी साधन चल्न नसकेपछि मतपत्र हेलिकोप्टरमा ओसारिएको हो ।

काठमाडौंबाट सुर्खेतसम्म गाडीमा र त्यहाँबाट विभिन्न जिल्लामा हेलिकोप्टरमार्फत् मतपत्र ओसार्ने काम भइरहेको छ । स्थानीय तह निर्वाचनमा ट्रकमा हालेर मतपत्र जुम्ला पुर्याइएको थियो ।जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट समानुपातिकतर्फको एक लाख ५१ हजार थान मतपत्र जुम्ला पुगेको छ । जसमा प्रतिनिधि सभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेश सभाको समानुपातिकतर्फ ७४ हजार मतपत्र रहेको छ । बाँकी चार हजार मतपत्र आज हेलिकप्टरमा हालेर पुर्याईंदैछ ।जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र पुर्याईंदैछ ।

टिप्पणीहरू