सन्दिप लामिछानेलाई थुन्ने या छाड्ने आदेश सम्भवत: आजै
नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेविरुध्दको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुन लागेको हो । हिजो सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए ।
सन्दिपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गरे । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । सो को भोलिपल्ट सन्दिपको बयान गराइयो ।
बहस सकिएपछि अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दिपलाई थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमध्ये एउटा आदेश जारी गर्नेछ ।
टिप्पणीहरू