पत्रकारलाई साक्षी राखेर चुनाव बहिष्कार
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित तीन स-साना कम्युनिष्ट घटकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने भएका छन् । नेकपाका महासचिव विप्लव,नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका छन् ।
‘दलाल पुँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार र खारेजी गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।
तीन वटै कम्युनिष्ट पार्टीले पर्सि शनिबार पत्रकार सम्मेलनमार्फत् निर्वाचन बहिस्कारसम्बन्धी संयुक्त संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

टिप्पणीहरू