काङ्ग्रेसका बागी प्रचण्ड निवासमा सुटुक्क
पार्टीले टिकट नदिएपछि तिल्मिलाएर बागी उठेका कांग्रेस नेता अमरेशकुमार सिंह आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।
काँग्रेस निवर्तमान साँसदसमेत रहेका उनी बिहान सवा सात बजे खुमलटार छिरेका थिए । प्रचण्ड भेट्न लामो समय पाएका सिंह साढे आठको हाराहारीमा त्यहाँबाट बाहिरिएको बताइएको छ ।
काँग्रेस महाधिवेशनका बेला आफ्नै वडाबाट प्रतिनिधि हारेका सिंह सर्लाही-४ बाट टिकटको दावेदार थिए । तर, स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसको जिल्ला कमिटीले कारवाही गरेपछि उनको नाम सिफारिसमै परेन । त्यसपछि बागी हालेका हुन् ।
भारतीय संस्थापन पक्षको प्रतिनिधिको रुपमा परिचय दिँदै आएका उनलाई काँग्रेस र बिजेपीले कर्नरमा पारेपछि प्रचण्डसँग तारन्तार भेट गरिरहेका छन् । सिंह खुमलटारमा धेरै प्रवेश पाउने मध्येका एक हुन् ।
टिप्पणीहरू