सय वटा भोट केन्द्र अपाङ्गमैत्री
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले सय वटा मतदान केन्द्र अपाङ्गमैत्री बनाउने भएको छ । सबै नागरिकहरुको मताधिकार सुनिश्चित गर्दै आयोगले एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने निर्णय गरेको हो ।
ती मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम दिइने आयोगले बताएको छ ।
जसमा मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोलर्, याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल र कुर्सीको व्यवस्था गरिने आयोगको भनाइ छ ।
टिप्पणीहरू