ग्लोबल आइएमई बैंककाे पोखरामा २ वटा नयाँ शाखा

ग्लोबल आइएमई बैंककाे पोखरामा २ वटा नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ती शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या दुई सय ९२ पुगेको छ ।

बैंकले पोखरा महानगरपालिकाको वडा नम्बर १७ बिरौटा र २४ वडाको पामेमा एकैसाथ दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरूबाट हिजोदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले दुई सय ९२ शाखा, दुई सय ७० एटिएम, दुई ७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी आठ ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दैआएको बताइन्छ ।

टिप्पणीहरू