भारतीय नम्बर प्लेटका सवारी साधन देख्नेबित्तिक्कै भाकभुक

भारतीय नम्बर प्लेटका सवारी साधन देख्नेबित्तिक्कै भाकभुक

आगामी निर्वाचनको प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिएमा तत्काल कारवाही गरिने भएको छ । विशेषगरी तराईका जिल्लामा निर्वाचनको बेला भारतीय नम्बर प्लेटका सवारी साधनको व्यापक प्रयोग हुने गरेको छ ।

सोही अवस्थालाई ध्यानमा राखेर धनुषामा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नदिन आवश्यक सतर्कता अपनाइएको बताइएको छ ।

धनुषास्थित जिल्ला निर्वाचन कार्यालयले आगामी चुनावलाई निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गर्नुपर्ने दायित्व सबैको भएकाले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उक्त व्यवस्थाबारे पुनः जानकारी गराइएको बताएको छ । विशेषगरी भारतीय नम्बर प्लेटका सवारी साधनले तराईका निर्वाचन क्षेत्रमा सुरक्षा चुनौती थपिने गरेको सुरक्षा निकायको भनाइ छ ।

टिप्पणीहरू