स्वयम्भू क्षेत्रलाई नमूना बनाइने पर्यटनमन्त्री श्रेष्ठको वाचा

स्वयम्भू क्षेत्रलाई नमूना बनाइने पर्यटनमन्त्री श्रेष्ठको वाचा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले निर्वाचनलक्षित घरदैलो अभियान थाल्नुभएको छ । आज काठमाडौंको स्वयम्भू क्षेत्रबाट उहाँले चुनावी अभियान शुरु गर्नुभएको छ ।

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै मन्त्री क्षेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना बनाउने वाचा व्यक्त गर्नुभएको छ । साथै उक्त स्थानलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनलगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने उहाँको भनाइ छ ।

अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिबद्धता पूरा गरेको जानकारी गराउँदै उहाँले संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन र आफ्नो निर्वाचन क्षेत्रलाई नमुनायोग्य बनाउन सक्रिय भूमिकामा रहने उल्लेख गर्नुभएको छ ।

सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमूना क्षेत्र बनाउन सकिन्ने मन्त्री श्रेष्ठको विश्वास छ । उहाँले भन्नुभयो, ‘पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु ।’

टिप्पणीहरू