गठबन्धनका उम्मेदवारहरुलाई ढ्याङ्ग्रो ठटाएर आमन्त्रण
दोलखाको बिगु गाउँपालिकामा बाम- लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई मतदाताहरुले अन्त भन्दा फरक तरिकाले झाँक्रीसहित भब्य स्वागत गरिएको छ ।
मंसिर ४ को निर्वाचनलाई लक्षित गरी चुनावी अभियानको क्रममा बिगु गाउँपालिका पुगेका उम्मेदवारलाई झाँक्रीहरुले ढ्याङ्ग्रो बजाउँदै नाच्दै सम्मान गरेका हुन् ।
सोचेभन्दा झनै फरक तरिकाले आम बिगुबासीको माया पाएकोमा आफू खुशी रहेको प्रतिनिधि सभाका उम्मेदवार गंगा कार्की ´बिश्व` ले बताए ।
अहिले गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गंगा कार्की´बिश्व”, प्रदेश सभा ´क बाट कुन्दनराज काफ्ले,प्रदेश सभा ´ख` बाट बर्मा लामा उम्मेदवार रहेका छन् ।
टिप्पणीहरू