एमालेले चुच्चे नक्सा त निकाल्यो,आज बल्ल त्यसको छेउछाउ पुग्दै
नेकपा एमालेले आजदेखि चुनावी आमसभा शुरु गर्दैछ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट अध्यक्ष केपी शर्मा ओलीले चुनावी आमसभामा बोल्न थाल्ने बताइएको छ ।
त्यसका लागि ओली आज हेलिकोप्टरबाट दार्चुला पुग्दै हुुनुहुन्छ । उहाँ हिजै साँझ धनगढी पुगिसक्नुभएको छ ।
एमालेले आगामी निर्वाचनमा नेपालको नक्सामा थपिएको दार्चुला उत्तर पश्चिमको चुच्चे भागलाई चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान थाल्न लागेको हो ।
ओली नेतृत्वको सरकारले नेकपा सचिवालय बैठकको कठोर निर्देशनअनुसार साढे दुई वर्षअघि लिपुलेक,लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नयाँ नक्सा जारी गरेको थियो ।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा हुँदैछ ।
एमालेको दार्चुलाबाट शुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।
टिप्पणीहरू