पर्सामा भारतीय कन्टेनरले मान्छे किच्यो
पर्सामा कन्टेनरले किच्दा घाइते भएका भारतीय नागरिकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२५ मा हिजो बेलुकी कन्टेनरले किचेर घाइते भएका उनको आज मृत्यु भएको हो ।
३० वर्षीय अशोक यादवलाई भारतीय नम्बर प्लेटको कन्टेनर ब्याक गर्ने क्रममा किचेको थियो । त्यसपछि गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न कन्टेनर चालक भारतकै अजद रजालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू