ललितपुरको पुल्चोकमा मतदान शुरु

ललितपुरको पुल्चोकमा मतदान शुरु

ललितपुर महानगरपालिका ३, पुल्चोकस्थित मदन स्मारक विद्यालयमा ‘नमूना मतदान’ थालिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय, ललितपुरले ‘नमूना मतदान’ कार्यक्रमको आयोजना गरेको बताएको छ ।

जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरे, जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा ललितपुरका सुरक्षा निकायका प्रमुलगायत दुई दर्जन बढीको उपस्थितिमा मतदातालाई मतदानको तरिका सिकाउन नमूना मतदान गराइएको बताइएको छ ।

चुनावमा मतदाताको सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिनका लागि विभिन्न जिल्लामा आजदेखि मतदाता शिक्षा कार्यक्रम थालिएको छ ।

टिप्पणीहरू