जसपाले पनि एमालेको पदचाप पछ्यायो

जसपाले पनि एमालेको पदचाप पछ्यायो

जनता समाजवादी पार्टी (जसपा) ले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्र जसपाले भोलि सार्वजनिक गर्ने बताएको छ ।

एमालेले गत मंगलबार घोषणापत्र जारी गर्न राजदरबार नजिकैको पाँचतारे होटल रोजेको थियो । जसपाले भने संसद भवन नयाँ बानेश्वर नजिकैको पाँच तारे होटल एभरेष्ट छानेको छ ।

‘काठमाडौंको नयाँ बानेश्वरस्थित ‘द एभरेष्ट होटल’ मा एक कार्यक्रमका बीच भोलि दिउँसो २ बजे पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ,’ केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

टिप्पणीहरू