सन्दिप लामिछानेलाई केन्द्रीय कारागार पुर्याइयो

सन्दिप लामिछानेलाई केन्द्रीय कारागार पुर्याइयो

उमेर नपुगेकी किशोरी बलात्कार गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेलाई सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागार लगिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको एकल इजलासले उनलाई केही दिनको सुनुवाइ र वयानपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसङ्गै जेल चलान गरिएको हो ।

उनलाई कारागार लगिसकेको अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई रातभर बलात्कार गरेको आरोपमा १७ वर्षीया नाबालिगको नातेदारले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुर हालेका थिए ।

तर,विदेशमा रहेका कारण सन्दिपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।

टिप्पणीहरू