एमाले अध्यक्ष सिम्रिक एअरको हेलिकप्टरमा उडेको उड्यै

एमाले अध्यक्ष सिम्रिक एअरको हेलिकप्टरमा उडेको उड्यै

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहानदेखि हेलिकप्टरमा उड्दै ठाउँ ठाउँको आमसभामा भाषण गर्न पुग्नुभएको छ । उहाँ आज बिहान धनगढीबाट सिम्रिक एअरको हेलिकप्टरमा दार्चुलाको सदरमुकाम खलंगा जानुभएको हो ।

त्यहाँको कार्यक्रम सकाएर उहाँ भर्खरै बैतडि फर्कनुभएको छ । बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उहाँ केही बेरमा कैलालीको अत्तरियामा भइरहेको अर्को चुनावी सभामा भाषण गर्न पुग्ने बताइएको छ ।

उहाँ त्यहाँको कार्यक्रमपछि आजै राति धनगढीबाट काठमाडौं उड्ने अन्तिम उडानमा फर्कने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू