झापाकाले झुलाघाटको पुल देख्ने, डडेल्धुराकाले नदेख्ने : एमाले अध्यक्ष
एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रामक ढंगले खनिनुभएको छ । आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री देउवामाथि शब्द प्रहार गर्नुभएको छ ।
अध्यक्ष ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर नजिकैको जिल्लाका पाँच पटक प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको उहाँको भनाइ छ । चुनावपछि आफ्नो सरकार बन्ने र झुलाघाटमा पनि पक्की पुल बन्ने उहाँले आश्वासन दिनुभयो । ‘त्यसको जिम्मा एमाले र आफूले लिने छ,’ भन्दै त्यसअघि दार्चुलामा आयोजित आमसभामा कांग्रेस नेता तथा मन्त्री दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिनुभएको थियो ।
आफ्नो तीन वर्षे सरकारको पालामा देशमा धेरै विकास भएको दाबी गर्दै भन्नुभयो, ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ ।’
टिप्पणीहरू