एमाले अध्यक्षले राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेको प्रचण्डको ठोकुवा

एमाले अध्यक्षले राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेको प्रचण्डको ठोकुवा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजतन्त्र फर्काउन अनेक प्रयासमा लागिरहेको आरोप लगाउनुभएको छ ।

गोरखा नगरपालिकामा आयोजित सत्ता गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्रैदेखि यो व्यवस्थालाई स्वीकार गर्नुभएको छैन । उहाँ पुनः शक्तिमा पुग्ने आशामा राजतन्त्र फर्काउने एम्बुस थापेर बस्नुभएको छ ।’

एमालेले राप्रपासँग गरेको तालमेललाई विपक्षी पार्टीहरुले सोही अर्थमा बुझेका छन् । अध्यक्ष प्रचण्ड गोरखा-२ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । त्यसअघि उहाँले गोरखा संग्रहालयमा पत्रकारहरुसँग कुरा गर्दै गोरखामा मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नदेखेको धारणा पनि राख्नुभएको थियो ।

टिप्पणीहरू