निर्वाचनमा युरोपियन युनियनले एक दर्जन पर्यवेक्षक खटाउने
आगामी निर्वाचनमा पहिले झैँ युरोपेली युनियनले पर्यवेक्षक खटाउने भएको छ । उसले १२ जना पर्यवेक्षक खटाउने जानकारी दिएको छ ।
लाजिम्पाटस्थित होटल समतामा निर्वाचन पर्यवेक्षक संयुक्त मञ्चको आयोजनामा भएको बैठकमा हिजो उक्त जानकारी दिइएको हो ।
बैठकमा मंसिर ४ गते हुने निर्वाचनमा सहभागी हुने युरोपियन युनियनका १२ जना पर्यवेक्षक तथा जापान, फिनल्याण्ड,नर्वेलगायत पश्चिमा राष्ट्रका प्रतिनिधिहरुबीच हिजो दिनभर निर्वाचन आचारसंहिताका विषयमा व्यापक छलफल भएको बताइन्छ ।
टिप्पणीहरू