लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरु बनेपा छिरे

लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरु बनेपा छिरे

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट क्षेत्र नं २ मा प्रत्यक्ष उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादेलगायत समानुपातिक उम्मेदवार माओवादी केन्द्रकी मीना तामाङ, प्रदेशसभातर्फ कांग्रेसका सुरकृष्ण बैद्य,माओवादी रुकु चौलागाई,भोला अर्याल,नेकपा(एकीकृत समाजवादी)की कल्पना श्रेष्ठ,हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङ लगायतका उम्मेदवारलाई बनेपामा स्वागत गरिएको छ ।

स्थानीयले बाजागाजा,सगुन, फूलमालासहित स्वागत गरेका हुन् । बनेपाका सबै वडामा भएको घरदैलो र कोणसभामा स्थानीयको बाक्लो उपस्थिति छ। यसअघि सोही क्षेत्रको प्रतिनिधित्व गरेर बनेपाको विकासमा योगदानगरिसकेका जनप्रतिनिधि नै गठबन्धनका तर्फबाट उम्मेदवार छन्।

२०५६ सालमा प्रतिनिधि सभा सदस्यको रुपमा सोही क्षेत्रबाट निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकीकृत खानेपानी २०७० सालको संविधान सभा निर्वाचन जितेर उद्योग राज्यमन्त्री समेत भएका बादेले सडकलगायतका पूर्वाधारमा नेतृत्वदायी भूमिका खेलेका थिए।

टिप्पणीहरू