शनिवारको बिदामा,भारतीय राजदूत खुमलटारमा

शनिवारको बिदामा,भारतीय राजदूत खुमलटारमा

भारतीय राजदूत नवीन श्रीवास्तव आज बिहान ललितपुरको खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बातचित गर्न जानुभएको हो ।

उहाँ बिहान १० बजे लैनचौरबाट दाहाल निवास पुग्नुभएको थियो । राजदूत श्रीवास्तवले अध्यक्ष दाहालसँग झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको खुमलटार स्रोतले जनाएको छ ।

टिप्पणीहरू