बेलायतमा अधवैंशे नेपाली महिलाको क्याटवाक हुने

बेलायतमा अधवैंशे नेपाली महिलाको क्याटवाक हुने

बेलायतमा तेस्रो मिसेज नेपाल युनिभर्स प्रतियोगिताको तयारी थालिएको छ ।

लण्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आगामी मंसिर १८ गते अल्डरसटस्थित एम्पायर हलमा हुने बताइएको छ ।

अघिल्ला वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्न लागिएको आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।

विजेता विवाहित महिलाले बुल्गेरियामा हुने ४५ औं मिसेज युनिभर्समा सहभागिता जनाउने छिन् । आजदेखि प्रतियोगीहरुको प्रशिक्षण थालिएको छ ।

प्रतियोगितामा जुनसुकै देशका नेपाली महिलाले भाग लिन सक्ने जानकारी दिइएको छ । उनले यस्ता प्रतियोगिताबाट विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य र महिला सशक्तिकरणमा बल पुग्ने बताइन् ।

टिप्पणीहरू