नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुरु,राष्ट्रपति पूर्व,सेनापति पश्चिम
राष्ट्रपति विद्यादेवी भण्डारी भर्खरै सेनाको हेलिकप्टरमा सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।
बिहान साढे ९ बजे उहाँ शीतल निवास सामुन्ने रहेको भैरवनाथ गणको हेलिप्याडबाट सेनाको हेलिकप्टरमा पूर्वतर्फ जानुभएको हो ।
उता प्रधान सेनापति प्रभुराम शर्मा अर्को हेलिकप्टरमा काठमाडौंबाट बुटवलतर्फ लाग्नुभएको छ । पौने ९ बजे उहाँ ११ सदस्यीय टोलीसहित सेनाको एनए ०५६ कल साइनको एमआई हेलिकप्टरबाट बुटवल जानुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा आजबाट शुरु गर्न लागेको संयुक्त सैन्य अभ्यास “सूर्य किरण” मा उपस्थिति जनाउन प्रधान सेनापति शर्मा र रक्षा सचिव किरणराज शर्माको टोली बुटवल गएको हो ।
सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त अभ्यासमा भाग लिन भारतीय सेनाबाट एक कम्पनी आइपुगेको छ ।
चुनावको मुखमा आयोजना गरिएको उक्त संयुक्त सैन्य अभ्यासको बारेमा अनेक टीकाटिप्पणी भएको छ । सेनाको जनसम्पर्क निर्देशनालयले त्यसबारे कुनै जानकारी दिएको छैन ।
टिप्पणीहरू