बिरामी मर्दा क्षतिपूर्ति नपाइएपछि केएमसी हस्पिटल बाहिर आज पनि बबाल

बिरामी मर्दा क्षतिपूर्ति नपाइएपछि केएमसी हस्पिटल बाहिर आज पनि बबाल

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुध्द आज पनि नाराबाजी चलेको छ । काठमाडौं महानगरपालिका–९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको झण्डै एक महिनाअघि उपचारकै क्रममा मृत्यु भएको घटनालाई लिएर आफन्तहरुले केएमसीविरुध्द आज बिहानैदेखि विरोध प्रर्दशन गरेका छन् ।

उनीहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका थिए । त्यसका लागि अस्पताल प्रशासन र मृतकका आफन्तबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।

लामो समयसम्म पनि अस्पतालले पीडितलाई न्याय नदिएको भन्दै आज पुनः उनीहरुले अस्पताल गेटअगाडि विभिन्न मागसहितका ब्यानर र पम्प्लेट बोकेर नाराबाजी गरेका हुन् । विरोध प्रदर्शनमा मृतक विद्याधरकी श्रीमती सुशीलालगायत आफन्तहरु छन् ।

उनीहरुले ‘लाइसेन्स लिएर मान्छे मार्न पाईंदैन’, ‘हत्यारा डाक्टरलाई कारवाही गर’ सुुनिल शर्मा मूर्दावाद, ‘हत्यारा डाक्टर अमित थापा मूर्दावाद’,. ‘दादागिरी बन्द गर’,. ‘मेडिकल माफिया मूर्दावाद’, ‘सरकार,पीडितलाई न्याय दे,’ जस्ता नारा लगाएका छन् । यो उनै सुनिल शर्माको अस्पताल हो,जसको बिराटनगरमा नोबल मेडिकल कलेज छ भने उनी आफै फेरि पनि त्यहीँबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

टिप्पणीहरू