अमेरिकास्थित पाकिस्तानी कूटनीतिज्ञ राजदूत बनेर नेपाल आउँदै
पाकिस्तानले नेपालको निम्ति नयाँ राजदूत नियुक्त गरेको छ । अब्रार हास्मी सैयद हैदर साहको ठाउँमा आउन लागेका छन् ।
परराष्ट्र मन्त्रालयको शिस्टाचार महापाल श्रोतका अनुसार प्रधानमन्त्री शहबाज सरिफले उनलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरिसकेका छन् । विदेशमन्त्री बिलावल भुट्टो जर्दारीको सिफारिसमा यो नियुक्ति भएको बताइन्छ ।
अब्रार यसअघि संयुक्त राज्य अमेरिकाको ह्युस्टनस्थित पाकिस्तानी नियोगमा कन्सुलेट जनरल थिए ।
टिप्पणीहरू