सात महिनामै आलियाले पाइन् सन्तान
बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् । आज मुम्बईको रिलायन्स अस्पतालमा अभिनेत्री भट्टले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई आज बिहान अभिनेता रणवीर कपुरले प्रसुतीको निम्ति उक्त अस्पताल पुर्याएका थिए । भर्ना भएको केहीबेरमै उनले छोरी जन्माएकी हुन् ।
आलियाले विवाह गरेको केही महिनामै आफू गर्भवती भएको बताएकी थिइन् । विवाह गरेको सात महिनामै पहिलो सन्तान पैदा भएको हो ।
टिप्पणीहरू