यस्तो छ चुनावविरोधी तीन कम्युनिष्ट पार्टीको रोडम्याप
नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरोधी कार्यक्रम सार्वजनिक गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा र आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले कात्तिक ३० गतेसम्मको लागि संघर्षको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
राजनीतिक सभा काठमाडौंमा कात्तिक २४ गते,बुटवल र इटहरीमा २६ गते,पोखरामा २८ गते,सुर्खेत र धनगढीमा ३० गते गर्ने जनाइएको छ । ती पार्टीको विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि ३० गतेसम्म जारी रहने छ ।
यस्तै देशव्यापीरुपमा जिल्ला र स्थानीय तहमा आफ्नो समयानुकूल अन्य कार्यक्रम गरिने जानकारी पनि दिइएको छ । पाँच वर्षमा राज्य सञ्चालकले एमसीसी, लिपुलेक र माथिल्लो कर्णाली तथा अरुण तेस्रोमा भ्रष्टाचार, कमिसनको खेल र आत्मसमर्पण गरेको उनीहरुको ठहर छ ।
टिप्पणीहरू