‘नेता हराऊ’ अभियान चलाउनेलाई कारबाही नगर्न अदालतको आदेश

‘नेता हराऊ’ अभियान चलाउनेलाई कारबाही नगर्न अदालतको आदेश

‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले ‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभियुक्त दिएको भन्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमा सञ्चालिन अभियान ‘नो नट अगेन’ बन्द गर्न निर्देशन दिएको थियो ।

आयोगले कार्तिक ८ गते ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी विज्ञप्ति प्रकाशित गरेकामा सोको खारेजी माग गर्दै कात्तिक १४ गते सर्वाेच्चमा रिट दायर भएको थियो ।

नेपालको संविधानबमोजिम परमादेशको आदेश जारी गरी पाऊँ भन्दै अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि सर्वोच्चले एकतर्फको बहसपश्चात कारबाही अघि नबढाउन भनेको हो ।

टिप्पणीहरू