सुनौलीको बाटो ७२ घण्टा बन्द
नेपाल–भारत सीमामा रहेको सुनौली नाकालगायत दुई देशको सीमाना ७२ घण्टा बन्द हुने भएको छ । हिजो रुपन्देहीमा बसेको दुबै देशको सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले आगामी निर्वाचनको निम्ति सीमाना बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म पूर्ण रुपमा बन्द हुने जनाएको छ ।
यस्तो निर्णय अन्यत्रका जिल्ला तथा क्षेत्रमा पनि गर्न थालिएको छ ।
टिप्पणीहरू