काभ्रेमा काँग्रेसका तीर्थ लामालाई दुर्गा भुजेलको समर्थन
लोकतान्त्रिक–वाम गठबन्धनबाट काभ्रे क्षेत्र नम्बर १ (ख) का साझा उम्मेदवार तीर्थ लामालाई अर्का उम्मेदवार दुर्गा भुजेलले समर्थन गरेका छन् । आज काभ्रेको खानीखोली गाउँपालिका–२ मा आयोजित कार्यक्रममा भुजेलले काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामालाई समर्थन जनाएका हुन् ।
नेपाली काँग्रेस काभ्रे क्षेत्र नम्बर १ का सचिव विद्यासागर लामाका अनुसार भुजेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै लामालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनका अनुसार भुजेलले लोकतान्त्रिक–वाम गठबन्धनलाई जिताउन आफूलगायत सिङ्गो टिम लाग्ने वाचा गरेका छन् ।
टिप्पणीहरू